व्यवसाय खस्केपछि उद्योग सञ्चालक चिन्तित

0
7

मन्थली (रामेछाप),

सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन् । नेपाली सेना, शिक्षक, सव–ओभरसीयरको जागिर छाडेर स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ व्यवसाय थालेका उनीहरु पछिल्लो समय व्यवसाय सञ्चालन गर्न असमर्थ छन् ।

रामेछाप नगरपलिका–८ बिटारमा स्थानीय रुद्र श्रेष्ठ, भरतकुमार श्रेष्ठ र विश्वास श्रेष्ठले मिलेर कुखुरापालन सुरु गरेका थिए । तीनैजनाले संयुक्त रुपमा रु सात करोड ५० लाखको लगानीमा ‘नेशलन ब्लिडिङ प्रालि’ सञ्चालन गरेका थिए । बजारमा प्रतिस्पर्धा गर्न नसेपछि उनीहरु चिन्तामा छन् ।

“उत्पादन भएका कुखुराका चल्ला बिक्री हुन छाडे”, उद्योग सञ्चालक भरतकुमार श्रेष्ठले भन्नुभयो । एक दशक अघि व्यवसाय सुरु गर्दा चल्लाले राम्रै बजार पाएको उहाँले बताउनुभयो । त्यसपछि उत्साहित हुँदै लगानी थपेर पनि कोरोना माहामारीपछि व्यवसाय खस्कदै गएको श्रेष्ठ बताउनुहुन्छ ।

“अहिले भारतबाट कर छली गरी ल्याइएका सस्तो मूल्यका चल्ला बिक्री भइरहेका छन्, यसले स्थानीय उत्पादन विक्री वितरण धारासायमा परेको छ”, उहाँले भन्नुभयो ।

व्यवसाय गर्न सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको ब्याज बंैक तथा सहकारी संस्थालाई तिर्नुपर्दा हैरानी भएको अर्का सञ्चालक रुद्र श्रेष्ठले बताउनुभयो । चल्ला व्यवसायी सङ्घले प्रतिचल्लाको मूल्य रु ८५ कायम गरे पनि रु ६५ सम्ममा समेत बेच्नु परेको उहाँको भनाइ छ ।

चल्ला उत्पादन गर्न कम्तिमा २१ दिन लाग्छ । सबै खर्च कटाउँदा एउटा चल्ला उत्पादन गर्न रु ५० देखि रु ५५ सम्मा खर्च हुने गरेको श्रेष्ठले बताउनुभयो । सरकारी निकायले सहयोग नगरेकाले आफुहरु यो व्यवसाय छाड्न बाध्य हुने अवस्था आएको उहाँको भनाइ छ ।

मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले युवा उद्यमीलाई आफुले बैकहरुसँग समन्वय गरेर बिना धितो ऋण दिलाएको बताउनुभयो । एक सय ७० युवा उद्यमीलाई तालिमसमेत दिएको तर त्यसको सदुपयोग खासै नभएको उहाँको भनाइ छ । उद्योगी र स्थानीय सरकारको साझेदारीमा अझै लगानी गर्न सकिने नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here