पथरीशनिश्चरे नगरद्वारा सञ्चारकर्मीहरूसँग राय सुझाव सङ्कलन

0
11

छविराज ढकाल/पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाको आगामी वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सञ्चारकर्मीहरूसित राय सुझाव संकलन गरेको छ। आज पथरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आयोजित भेलामा पत्रकारहरुको राय सुझाव संकलन गरिएको हो।

आर्थिक वर्ष २०८१ /८२ का लागि नगरपालिकाको कार्यलयले निर्माण गरिरहेको आगामी वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरिदां कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, सडक निर्माण, आय आर्जनमुलक कार्यक्रमहरू, गरिब तथा विपन्न वर्गका लागि विशेष कार्यक्रम, भुमिहीन तथा सुकुम्बासी समस्याको दिगो समाधानको लागि पहल गर्न जस्ता विभिन्न सवालहरूमा पथरीशनिश्चरे नगरपालिकामा पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारले सुझाव दिनुभएको थियो।

नगर प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख अतिथ्यता र उपप्रमुख देवीमाया काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रियात्मक भेलामा सञ्चारकर्मीहरूले विभिन्न शीर्षकमा आआफ्ना राय तथा सुझावहरू दिनुभएको थियो।

उक्त अवसरमा पत्रकारहरुले कृषि क्षेत्र अन्तर्गतका सबै उत्पादनहरुमा जोड दिन , सिचांई सुविधाहरु अझै बढाउन , नगरमा बढ्दै गएको लागू औषध र दुर्व्यसनी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन, डिजिटल प्रविधिको प्रयोग गरेर नगर वा वडा स्तरीय आयोजनाहरू सम्बन्धी सूचनाहरू सार्वजनिक गर्न, कृषकहरुलाई कृषिजन्य औजार वितरणमा सहुलियतलाई बढाउन ,नगरपालिकाले हाल डम्पिङ साइटको रुपमा प्रयोग गर्दै आएको फोहर मैला व्यवस्थापनको लागि दिगो र सुरक्षित स्थानको लागि कार्य अगाडि बढाउन, घरदेखि नै कुहिने र नकुहिने फोहोर महिलालाई छुट्टाछुट्टै संकलन गरेर फोहोर फाल्ने व्यवस्थापन गर्न, नकुहिने फोहोरलाई पुनः प्रयोगका लागि नयाँ नीति ल्याउन, नगरपालिकाले कुनै एक वा दुइ कृषिजन्य उत्पादनको ब्राण्डिङ गरी विशेष प्रवधान, बजारीकरण र ब्रान्डको लागि कार्यक्रम ल्याउन, नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि आवश्यक व्यवस्था गर्न , नगरमा सञ्चार प्रतिष्ठान र सामुदायिक पुस्तकालयको स्थापना गर्न , स्थानीय सञ्चार क्षेत्रको प्रवर्धन, संरक्षण र विकासका लागि दिँदै आएको सुविधामा वृद्धि गर्न, पत्रकारहरूको क्षमता विकासका लागि नगरपालिकाले दिँदै आएको बजेटमा वृद्धि गर्न, पत्रकारको पेशागत सक्षमताको विकासका लागि विभिन्न किसिमका तालिम गोष्ठी ,भ्रमण आदिलाई प्रवर्धन गर्न, विद्यालयमा स्थानीय विषयका रूपमा पठनपाठन भइरहेको ुहाम्रो पथरी शनिश्चरे ुविषयको पाठ्यपुस्तक अबिलम्ब निर्माण सक्न अथवा सन्दर्भ सामग्री उपलब्ध गराउन , सहर ,बजार र सडकका छेउमा सिसी क्यामरा नहुँदा विभिन्न किसिमका सुरक्षा चुनौतीहरू र अपराधिक गतिविधि बढेकोले सुसँग सम्बन्धित कार्यक्रमहरू पनि आगामी वार्षिक बजेट,नीति तथा कार्यक्रममा समेट्न सुझाएका थिए।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई, लेखा शाखाका संयोजक पीताम्बर वस्ती, समेतको उपस्थिति रहेको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङका कार्यवाहक अध्यक्ष तथा जमर्को साप्ताहिक सम्पादक मोहन भट्टराई, नगरका सूचना संयोजक सन्तोष राई, रातो कलम डट कमका प्रबन्धक तथा सम्पादक अर्जुन जम्नेली राई, पूर्वाञ्चल दैनिकका संवाददाता छविराज ढकाल, स्वतन्त्र पत्रकार केशव निरौला, निरन्तर खबरका प्रेम केडी भट्टराई, एरिना टेलिभिजनका संवाददाता भूमिप्रसाद पाठक लगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here