ब्राइट बिग्निङमा ज्येष्ठ माताहरुलाई साडी उपहार

0
10

अर्जुनधारा ।

मातातीर्थ औंशीको अवसरमा झापाको अर्जुनधारा–४ भाङबारीस्थित ब्राइट बिग्निङ एकाडेमीले बुधबार एक कार्यक्रमकोबिच ज्येष्ठ माताहरुलाई सम्मानसहित साडी उपहार प्रदान गरेको छ ।

ज्येष्ठ माताहरुको सम्मानमा ५ जनालाई साडी उपहार प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति एवम् कार्यक्रमकी अध्यक्ष जीना उप्रेती ओलीले जानकारी दिइन् ।

यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–४ निवासी गंगादेवी खतिवडा(७६), विष्णुमाया खत्री(७६), वेदमाया भारती(७१), अर्जुनधारा–७ निवासी दुर्गादेवी दाहाल(७१) र मनमाया पौडेल(८३) रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक गणेश ओली, सहायक प्रधानाध्यापक अजय मिजारलगायतको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले गीत तथा कविता प्रस्तुत गरेका थिए ।

शिक्षक नीता शर्माले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक राजिव निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here