किसानलाई मौरीसहितको घार अनुदानमा

0
6

दमौली (तनहुँ),

बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो ।

किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो । त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ । स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उहाँले भन्नुभयो, “वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छाँै । वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ ।

उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ । ” उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here