माईमा क्षयरोग सम्बन्धी जनचेतनामूलक सचेतना

0
5

विमल दहाल, इलाम ।

नेपाल क्षयरोग निवारण संस्था इलाम जिल्ला शाखा र माई नगरपालिका स्वास्थ्य शाखा इलामको संयुक्त आयोजनामा माई नगरपालिका अन्र्तगतका क्षयरोग सम्बन्धी जनचेतनामूलक सचेतना कार्यक्रम माई नगरपालिका अन्र्तगत दानाबारीमा आईतवार सम्पन्न भएको छ ।

माई नगरपालिका अन्र्तगत वडा नम्बर १, २, ३ र ४ का महिला स्वास्थ्य स्यंमसेविकाहरुलाई नेपाल क्षयरोग निवारण संस्था इलाम शाखाका सभापति दिवाकर भण्डारी, माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक पुष्कर कट्टेल, प्राबिधिक एवम हेल्थ असिष्टेष्ड पारस राई लगायतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था इलामका उप सभापति नरेन्द्र खड्का, सदस्य राधा खड्का, भिम विसुङ्गखे लगायतको सहभागिता रहेको थियो । कार्यक्रम अन्र्तगत माई नगरपालिका भित्रका ९९ जना महिला स्वास्थ्य स्यंमसेविकाहरुलाई बैशाख २९ गते शनिबार महमाईमा, बैशाख ३० गते आईतबार दानाबारीमा र बैशाख ३१ गते चिसापानी स्वास्थ्य चौकीमा सम्पन्न हुने आयोजकले जनाएको छ । जनचेतना कार्यक्रम पश्चात खकार परिक्षण शिबिर सञ्चालन गरिने जनाईएको छ ।

यसैबीच माई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोग सम्बन्धी एक दिने सचेतना आईतवार दानाबारीमा सम्पन्न भएको छ । कार्मचारी, महिला स्वास्थ्य स्यंमसेविका लगायतको सहभागिता रहेको कार्यक्रमलाई जनस्वनस्थ्य निरीक्षक पुष्कर कट्टेल, मेडिकल अधिकृत डा. गौतम कुमार झा, हेल्थ असिष्टेन्ड नवराज कार्की लगायतले सहजीकरण गर्नु भएको थियो ।

नसर्ने रोगको उच्च जोखिम देखिएको माई अस्पतालमा अहिले सुचिकृत भई नियमित औषधी खाने ५६० जना बिरामी रहेको कार्यक्रममा बताइृएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here