जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

0
13

काठमाडौँ,

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो ।

अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसदमा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्बाह गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here