जापानको सहयोगमा ‘भट्टेडाँडा सडकमा हरियाली अभियान’

0
3

धुलिखेल,

काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नं ८ स्थित भट्टेडाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’ अनुरुप बिरुवा रोप्न थालिएको छ ।

धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गम र नेपाल भ्रमणमा रहनुभएका सरोमा सिटीका प्रमुख हारु टोमोले सोमबार संयुक्त रूपमा साकुरा र असारे फूलको बिरुवा रोपेर अभियानको थालनी गर्नुभएको हो ।

भट्टेडाँडा सडकखण्ड क्षेत्रका बासिन्दाको आर्थिक स्रोतका रूपमा पर्यटन व्यवसाय रहेको र सो क्षेत्रलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न बिरुवा रोपिएको वडाध्यक्ष विनोद गौतमले बताउनुभयो ।

“पर्यटकको प्रमुख गन्तव्य धुलिखेल नगरपालिकाको वडा नं ८ पिपलबोट चोकबाट भट्टेडाँडा र हिमाल देखिने देवीस्थानडाँडा क्षेत्रमा पर्ने भएकाले हामीले सडक फराकिलो बनाउनेदेखि दायाँबायाँ हरियाली बगैँचा बनाउने उद्देश्यका साथ अभियान थालेका हौँ”, उहाँले भन्नुभयो ।

यसअघि साँघुरो सडकलाई सङ्घीय सरकार र नगरपालिकाकोरु दुई करोड ८७ लाख बजेटमा विस्तारसँगै पक्की बनाइएको थियो । अहिले सो सडकखण्डलाई थप व्यवस्थित बनाउन वडाको सक्रियतामा सो क्षेत्रका होटल पर्यटन व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा हरियाली बनाउन ‘बिरुवा रोपण’ थालिएको वडाध्यक्ष गौतमले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here