चलचित्र निर्देशकसंग जेसीजको अन्तरक्रिया

0
3

बिर्तामोड।

चलचित्र क्षेत्रको विषयमा जानकारी गराउँदै नेपाली फिल्म क्षेत्रको विकास विस्तारको विषयमा झापाको बिर्तामोडमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वीरता जेसीजले आयोजना गरेको कार्यक्रममा वरिष्ठ निर्देशक नवीन सुब्बाले चलचित्र क्षेत्रको अवस्थाका विषयमा जानकारी गराएका थिए । उनीद्वारा निर्देशित सर्वाधिक सफल चलचित्र नुमाफुङको विषयमा जानकारी दिँदै त्यसमा पाएको सफलताको विषयमा उनले चर्चा गरेका थिए ।

गुड बाई काठमाडौं, टेलिश्रृंखला दलान लगायतको सफल निर्देशन गरिसकेका सुब्बाले वीरता जेसीजले नेपाली चलचित्र क्षेत्रको विषयमा अन्तरक्रिया गरेको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि विल्सनविक्रम राईले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राज मुखियाले कार्यक्रमको संयोजन गर्दै स्वागत गरेका थिए ।

कार्यक्रममा कनकाई कलेजका स्वतन्त्र बिद्यार्थी युनियन सभापति किरण गुरुङ, किरात राई चलचित्र संघका नवीन राई, किरण राई लगायतको आतिथ्य रहेको थियो ।

जेसीज आस्था तुलसी निरौलाले वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव सुमन पोद्दारले गरेका थिए । कार्यक्रममा रोट्याक क्लव अफ बिर्तामोड, अनारमनी सोशल युथ क्लब, क प्रोडक्सन लगायतका संस्थाले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here