वीरता जेसीजद्वारा नर्स दिवसमा सम्मान

0
6

बिर्तामोड।

५०औं अन्तर्राष्ट्रिय विश्व नर्स दिवसको अवसर पारेर वीरता जेसीजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्स गंगा उप्रेतीलाई सम्मान गरेको छ ।

मानवीय सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएकी नर्स उप्रेतीलाई १० हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिएको हो । योसँगै सोही अस्पतालमा कार्यरत नर्सहरुलाई समेत सम्मान गरिएको वीरता जेसीजका महासचिव सुमन पोद्दारले जानकारी दिए ।

चिकित्सक संघ झापाका अध्यक्ष सीपी यादवको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा बिर्तामोड–३का अध्यक्ष मदन बुढाथोकी, औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्का, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा, नगर अस्पतालका मेसु सुनिल अधिकारी, रोट्याक क्लव अफ बिर्तामोड मिड टाउनका जीतेश अग्रवाल लगायतको आतिथ्य रहेको थियो ।

जेसीज आस्था सुशील थापाले वाचन गरेका थिए भने कार्यक्रम संयोजक प्रभात मास्केले स्वागत गरेको कार्यक्रममा धन्यवाद मन्तव्य टीकाराम खतिवडाले राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सुमन पोद्दारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here