ब्राउन सुगरसहित अटो चालक पक्राउ

0
4

झापा ।

झापाकाो काँकरभिट्टास्थित मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् ।

सोमबारराति ९ बजेको समयमा मेचीनगर नगरपालिका– ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००२ ह ७९७ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा पाँच ग्राम १९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

प्रहरीले अटो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ घर भई हाल इलामको माई नगरपालिका ४ दानावारीका ३१ वर्षीय उमेश शेर्पालाई पक्राउ गरेको छ । अटोसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here