प्रहरीद्वारा मोरङमा गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ

0
4

विराटनगर ।

लागूऔषध नियन्त्रणका लागि प्रहरी आक्रमक बनेको छ ।

भारतका विभिन्न स्थानबाट नेपाल आएर लागूऔषध कारोबारमा संलग्नहरुलाई प्रहरीले गोली प्रहार गर्दै नियन्त्रणमा लिन शुरु गरेको छ । यसैक्रममा मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारतीय नागरिक भागिरथ हरिजन रहेका छन् । जिल्ला प्रहरीका कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार मोरङ रतुवामाई नगरपालिका ६ स्थित कादुपाढामा मंगलबार अपरान्ह प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको सुपर स्प्पेलन्डरमा लागूऔषध लिएर नेपाल प्रवेश गरेको सूचनाको आधारमा प्रहरीले रोक्ने क्रममा पेलेर अगाडि बढ्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली उनको तिघ्रामा लागेको छ । हाल उनको उर्लाबारीस्थित स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।उनको साथबाट प्रहरीले १ सय ५८ ग्राम ब्राउन सुगर बरामद गरेको जनाइएको छ । केही दिन अघि मात्रै झापामा समेत प्रहरीले लागू औषधको कारोबारमा संलग्न एक जनालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here