दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिमको फाइनल भेट पक्का

0
7

बिर्तामोड।

आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै टिमले कम्तिमा ५५ हजार ५५५ रुपैयाँ सुरक्षित गरेका छन् ।

खेलको ३६ औँ मिनेटमा पूर्वेलीका रमेश गुरुङले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा कप्तान दिनेश चौधरीले गोल थप्दै खेलको स्थिति २–० मा पुर्याए ।
खेलको ४० औँ र ४७ औँ मिनेटमा पूर्वेलीका विशाल राई ए ले गोल गरे । त्यस्तै, ५६ औँ मिनेटमा बिकर्ण श्रेष्ठले एक गोल गर्दै फराकिलो जित निश्चित बनाए ।

विराट मेगाले गोल गर्ने अवसर पाए पनि प्रहार फितलो हुँदा स्कोर भने गर्न सकेन । पूर्वेलीका बिकर्ण श्रेष्ठका तीनवटा सशक्त प्रहार विराट मेगाका गोलकिप्पर देवकान्त सिंहले बचाएका थिए ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच पूर्वेलीका विशाल राई ए भए । उनले नगद २५०० र ट्रफी पाए । उनलाई प्राुख अतिथि नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली र व्यवसायी एसपी प्रसाईंले पुरस्कार प्रदान गरे ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् । १५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here