आइएमइ लाइफ ईन्योरेन्सद्वारा रिफ्रेस्मेन्ट तालिम

0
12

बिर्तामोड ।

झापाको बिर्तामोडमा कोशी प्रदेश आइएमइ लाइफ इन्सोरेन्स अन्तर्गत ब्लाक डाईमन ग्रुपले आफ्ना टिम लिडर्सको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरेको छ ।

राष्ट्रिय स्तरका मोटिभेश्नल प्रशिक्षक सन्तोष लामाले बिज्नेस ग्रोथ, आफ्नो क्षमता विकास गर्नका लागि प्रशिक्षण प्रदाान गरेका थिए । कोशी प्रदेश आइएमइ लाइफ इन्सोरेन्सका प्रमुख मिलन दाहालको प्रमुख आतिथ्य रहेको थियाो ।

सहभागीलाई कम्पनीको भावि रणनिति कम्पनिको, प्रगति विवरण बारे प्रकाश पारेका थिए । कार्यक्रममा पूर्वाञ्चल दैनिकका ब्यवस्थापक तथा आइएमइ लाइफ इन्सोरेन्सका प्रतिनिधि चन्द्रकान्त ढकालले सकारात्मक सोचका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा बिराटचोक शाखाका प्रमुख यामनाथ दाहाल ब्लाक डाईमन ग्रुपका डबल पहिलो एमडीआरटी, मिना गुरुङ एमडीआरटी, सिनियर चिफ एजेन्सी मेनेजर, सिनियर, एजेन्सी मेनेजर लगायत तीन सय ५० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।

डवल एमडीआरटी तथा आइएमइ लाइफ ब्लाक डाईमन ग्रुपका अध्यक्ष एवम् चिफ एजेन्सी मेनेजर नगेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here