मोरङको पथरीमा चर्चित गायक शिव परियारको बेजोड सांगीतिक प्रस्तुति

0
3

छविराज ढकाल/पथरीशनिश्चरे,

चर्चित गायक शिव परियारले मोरङको पथरी मिनी महोत्सवमा आईतवार साँझ आफ्नो सांगीतिक प्रस्तुति दिएका छन्।

स्थानीय पर्यटन, व्यापार तथा फुड फेस्टिवल प्रवर्द्धन गर्ने उद्देश्यले सुनाखरी युवा क्लबद्वारा आयोजित उक्त महोत्सवमा उनले आधा दर्जन बढी आफ्ना लोकप्रिय गीतहरु गाएका हुन्।

गायक परियारले “पिउँदिन भन्दा भन्दै पिलायो साथीले…., संगी दुब्दै छु तिम्रो यादमा …. बेहोस पछि होशमा आउँदा…., फूलैफूल दिन्छ्यौ कि काँडै काँडा दिन्छ्यौ कि …., धोकेबाज हौ तिमी…..,जस्ता निक्कै लोकप्रिय गीतहरु गाएर दर्शकहरूको मन जित्न सफल भएका थिए।

डिमाण्ड पाएपछि गायक परियारले “हिउँदिन भन्दाभन्दै लायो साथीले” गीतको बोल गाएका थिए। सो महोत्सव गत वैशाख २७ देखि सञ्चालन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here