भानु माविका विद्यार्थीलाई बाहुण्डाँगी जेसीजद्वारा लागू औषध विरुद्ध सचेतना

0
5

मेचीनगर ।

“बाहुण्डाँगी जेसीजको अभियान : लागूऔषध रहित समाजको पहिचान” भन्ने नाराका साथ सुरु गरेको लागू औषध दुव्र्यशनी विरुद्धको अभियान अन्तरगत सोमवार भानु मावि मेचीनगर २ मा सम्पन्न भएको छ । भानु मावि, सनसाइन अंग्रेजी स्कुल र पूर्वाञ्चल अंग्रेजी स्कुलका विद्यार्थीहरुलाई सयुक्त रुपमा आयोजना गरिएको थियो ।

लागू औषध नियन्त्रण शाखा काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुण्डाँगी प्रहरी चौकीको सहजीकरणमा हुँदै आएको उक्त अभियानमा काँकरभिट्टाका प्रहरी नायव निरीक्षक मनमोहन पौडेलले सहजीकरण गर्नु भएको थियो ।

उहाँले विद्यार्थीहरुलाई आफ्नो परिवार र समाजमा लागूऔषध विरुद्धको अभियानमा जुट्न आग्रह गर्नु भयो । कार्यक्रममा ३ वटा विद्यालयका १३० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बाहुण्डाँगी जेसीजका कार्यकारीणी उपाध्यक्ष शुष्मा मिश्रको सभापतित्व तथा पूर्व अध्यक्ष तथा मेचीनगर २ का वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि भानु माविका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र ढुङ्गान, मुना माया राना, शिक्षकहरु दिपेन्द्र भट्टराई, अर्जुनकुमार कार्की, पूर्वाञ्चल स्कुलका शिक्षक प्रविण चापागाई, सनसाइन अंग्रेजी स्कुलका शिक्षक समिर बासकोटा, हरिनारायण न्यौपानेलगायतको सहभागितामा सम्पन्न भएको हो ।

रोशन गिरीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मुल कार्यक्रम संयोजक सामुल रायाले गर्नु भएको थियो । अभियान अन्तर्गत जेठ ९ गते बुधवार मेचीजनसाधारण माविमा आयोजना हुने मुल संयोजक रायाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here