जिल्लामा उत्कृष्ट प्रहरी र इकाईलाई प्रत्येक महिना सम्मान गरिने छ: एसपी ढकाल

0
4

विमल दहाल/ माई ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी र मातहतको प्रहरी इकाईलाई प्रत्येक महिना सम्मान गरिने जानकारी दिनुभएको छ ।

सोमवार माई नगरपालिकाको सितलीमा सम्पन्न स्थानीयवासीसंगको अन्तरकृयामा बोल्दै प्रहरी प्रमुख ढकालले जिल्लाका ४७ वटा इकाई मध्ये उत्कृष्ट इकाईलाई मासिक रुपमा सम्मान गरिने परिपाटी शुरु गर्ने घोषणा गर्नु भएको हो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सम्पन्न कार्यक्रममा प्रहरीमा थप उत्साहा र प्रोत्साहानका लागि प्रत्येक महिना जिल्लाकै उत्कृष्टका रुपमा सम्मान गरिने जानकारी दिनुभएको हो ।

अन्तरकृया कार्यक्रममा माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्बकर्मा, समाजसेवीहरु कृष्ण खाकी, मित्र प्रसाद गौतम, बिष्णुमाया आचार्य, बिष्णु घिमिरे, शिव भण्डारी, विभिषण शेर्मा लगायतले समसामयिक शान्तिसुरक्षाका वारेमा जानकारी गराउनु भएको थियो ।

सहभागीरहरुले प्रहरी प्रमुख समक्ष स्थानीय शान्तिसुरक्षालाई हेर्दै लोदिया प्रहरी चौकी दानावारीलाई इलाका प्रहरी कार्यालयमा स्तरउन्नती गर्नु पर्ने, लागुऔषध नियन्त्रणका लागि विधालय स्तरिय सचेतना सन्चालन गर्नुपर्ने, उत्कृष्ट कार्य गर्ने प्रहरीलाई विना भेदभाव सम्मान गरिनु पर्ने, चोरी-डकैती गर्ने समुहलाई सार्वजनिक गर्नु पर्ने लगायतका सुझाव दिएका थिए ।

यसैबीच प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले

प्रहरी चौकी चिसापानी, दानाबारी, महमाई र बाझो चौकीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको वताईएको छ ।

वहाँले सबै प्रहरी कर्मचारीहरु अनुशासनमा रही व्यवशायिक प्रहरी कर्मचारीको रुपमा कार्य सम्पादन गर्न, कुनै पनि प्रलोभन र मोलाहिजामा नपरी शुन्य सहनशिलतामा कार्य गर्न, असहाय, गरिव, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ सेवा प्रदान गर्न र आफ्नो पदिय जिम्मेवारी,आदेश निर्देशनलाई अक्षरस पालना गर्दै समाजमा अपराधका घटना हुन नदिन र भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here