बासँग बालबालिका कार्यक्रम सम्पन्न

0
6

सुरुङ्गा।

सुरुङ्गामा केपी बासँग बालबालिका कार्यक्रम सम्पन्न भएको छ ।

झापा जिल्ला बाल सञ्जालको आयोजना, कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग, झापाका सम्पूर्ण पालिकाको सहयोग, आई. वाई. डायनामिक इन्टरनेशनलको समन्वयमा भएको कार्यक्रममा स्थानीय बाल सञ्जालको समन्वयमा झापाका १५ पालिकाबाट प्रतिनिधिमूलक रूपमा ६ सय बालबालिकाको सहभागिता रहेको थियोे ।

कनकाई उद्योग वाणिज्य सङ्घ सुरुङ्गाको सभाहलमा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीले बालबालिका भविष्यका विकासका साझेदार र कर्णधार भएको बताए । नेकपा एमालेका अध्यक्ष ओलीले झापाका बालबालिकाका प्रतिनिधिमूलक आवाज, अपेक्षा र आवश्यकता सुनेका थिए ।

राष्ट्रिय व्यक्तित्वसँग झापाली बालबालिकाको साक्षात्कार गराउने उद्देशसहित आयोजित कार्यक्रममा युवा प्रतिभा पलायन, बेरोजगारी, शिक्षाका समस्या, छोराछोरी वीचको विभेद, पूर्व-पश्चिम रेल, मुलुकको समृद्धि, सडक बालबालिका, झाँगिदो भ्रष्टाचार लगायतका विषयमा प्रश्न गरेका थिए ।

झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षता र कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की, खानेपानी, सिचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद एलपी साँवा, एमाले झापा इञ्चार्ज विशाल भट्टराई, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल लगायतको आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम सम्पन्न गर्न रवीन्द्र लम्साल, नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल, अर्जुन उप्रेती, विजय पाठक र अनुप भट्टराई रहेको कार्यक्रम व्यवस्थापन समितिले भूमिका निभाएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here