झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

0
8

झापा ।

झापामा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट तीन जना र कचनकवलबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–५ का २६ वर्षीय समीर मगर र उर्लाबारी–२ का २७ वर्षीय सुजन कार्कीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट १२ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

त्यस्तै मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा आउँदै गरेको दमक–९का २७ वर्षीय आशिष् खडरियालाई ५ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा राखिएको छ ।

त्यसैगरी कचनकवल गाउँपालिका ४ स्थित सुनकोसी चिया बगानमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको टोलीले सोही ठाउँका ३६ वर्षीया अलिसा शेखलाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

प्रहरीले उनको साथबाट प्लास्टिकमा पोका पारी बोकेको २ पोकामा ४० ग्राम ८४० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here