सशस्त्रको स्थापना दिवसमा २४ जना सम्मानित

0
26

झापा ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले १७ औ स्थापना दिवसको अवसरमा २४ जनालाई सम्मान गरेको छ ।

भद्रपुरस्थित गण परिसरमा मंगलबार आयोजित एक कार्यक्रममा ओमसाई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपककुमार पोखरेलसहित बहालवाला सात जना उत्कृष्ट सशस्त्र प्रहरी, १३ खेलाडी र अवकाशप्राप्त तीनसहित २४ जनालाई सम्मान गरिएको हो ।

पूर्वी पृतना हेडक्वार्टर प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) शम्भु सुवेदीलगायतले उनीहरूलाई सम्मान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवेदीले संगठनको निर्देशनमा रही देश र जनताको सेवामा समर्पित रहेर सीमा सुरक्षामा सक्रिय भएर लाग्न मातहतका प्रहरीलाई निर्देशन दिए ।

त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जिल्लाको सीमा सुरक्षालाई कडाइ गर्दै सीमा केन्द्रित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

विभिन्न देश प्रेमको झल्को दिने गीत नृत्यसहितको सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राईले धन्यवाद ज्ञापन गरेका थिए । १ सय ४४ किलोमिटर खुला सीमा रहेको झापामा ९ सय ९५ वटा सीमा स्तम्भ र २१ वटा सशस्त्र विट रहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here