कनकाई वनको प्रतिनिधि सभा सम्पन्न

0
9

सुरुङ्गा।

कनकाई सामुदायिक वन उपभोक्ता समूहको विशेष टोल प्रतिनिधि सभा सम्पन्न भएको छ ।

७ खण्ड र १७ टोलमा विभाजित १ सय ५३ सभासद्को विशेष सभाले समूहको पञ्चवर्षीय स्वीकृत वन कार्ययोजना -२०७६ को समयावधि पुरा हुन लागेकाले नयाँ कार्ययोजना-२०८१ व्यापक छलफलपछि पारित गरेको छ । २६७.०६ हेक्टरमा फैलिएको प्राकृतिक वनसँग हाल ३४१७ घर धुरी आश्रित रहेका छन् । नेपालको तराईको पहिलो सामुदायिक वनको रूपमा २०४८ सालमा गठन भएको उक्त सामुदायिक वनले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने कार्ययोजना पनि अघि सारेको छ ।

उक्त सामुदायिक वनको गौरवको आयोजनाका रूपमा कनकाई वनस्पति उद्यान तया विज्ञान प्रदर्शनीस्थल बोटानिकल गार्डेन निर्माण गरिने भएको छ ।

समुहले नश्ल सुधार, आगलागी, चोरी निकासी तथा डढेलो रोकथाम तथा नियन्त्रण, गस्ती परिचालन, क्यान्सर तथा मिर्गौला रोगीलाई सहयोग, अौषधिजन्य बिरुवा रोपण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सभाका अध्यक्ष तथा वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीले जानकारी दिए । सो प्रतिनिधि सभामा समूहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले वार्षिक बजेट तथा कार्यक्रम पेश गरेका थिए ।

कोषाध्यक्ष खरेलले बिरुवा खरिद, ढुवानी तथा नर्सरी व्यवस्थापन, झाडी सफाइ, डढेलो नियन्त्रण, प्राविधिक कार्य, भू-संरक्षण,नदी नियन्त्रण, जनचेतना अभिवृद्धि तालिम, अग्निरेखा तथा वनपथ निर्माण, लकडी कटान, ढुवानी तथा पाइलिङ, तारवार निर्माण लगायतका क्षेत्रमा खर्च छुट्टयाइएको बताए । स्वीकृत वन कार्ययोजनासहित अध्यक्ष ओलीको प्रतिवेदन र कोषाध्यक्ष खरेलको वार्षिक बजेट तथा कार्यक्रम सभाले पारित गरेको छ ।

कनकाई नगरपालिकाका उपमेयर आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य र कनकाई सबडिभिजन वन कार्यालय प्रमुख नथुनी गहिबार यादवको विशेष आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकार यामनाथ सेडाई, भीष्म मैनाली, कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाई, वार्ड नं. २ का वार्ड अध्यक्ष बलराम राई (प्रताप) लगायतले मन्तव्य राखेका थिए ।
सो वन समूहका उपाध्यक्ष ललितबहादुर कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव मान्ता खरेलले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here