पश्चिम सेतीबाट उत्पादित विद्युत् प्रसारणमा भारतीय कम्पनीसँग सम्झौता

0
4

काठमाण्डौं ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रसारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ।नेपाल सरकारले प्रसारणलाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रसारणलाइनबाट बिजुली लैजान सम्झौतापत्रमा सोमबार काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर भएको हो।

एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रसारणलाइन प्रयोग गर्ने गरी लैजाने सम्झौता भएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीको उपस्थितिमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायले सम्झौतामा हस्ताक्षर गरे।

दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ। पश्चिम सेती ७५० मेगावाट क्षमता भएको आयोजना हो। सोही आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रसारणलाइन बनाइरहेको छ। ग्रिड कम्पनीकै प्रसारणलाइनमा ह्विलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो। पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट क्षमताका परियोजना निर्माणको चरणमा छन्।

एनएचपीसीले दोधारा–बरेली ४०० केभी प्रसारणलाइनमार्फत बिजुली भारत लैजानेछ। २०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी–६ र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिने गरी सम्झौता भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here