मनमोहन गान्धी सडक खण्डमा कालोपत्रे निर्माण कार्यले तिब्रता पाउने

0
18

छविराज ढकाल
पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे १० स्थित मनमोहन गान्धी मार्गमा कालोपत्र गर्ने कार्यले तिब्रता पाउने भएको छ।

पथरीशनिश्चरे नगरपालिकाको कार्यलयमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको उपस्थिति र नगरप्रमुख मोहनप्रसाद तुम्वापोको रोहवरमा आन्दोलनरत पक्ष (स्थानीय संघर्ष समिति) र निर्माण कम्पनीबीच सहमति भएसँगै निर्माण कार्यले गति लिने भएको हो।

सडक निर्माण कार्यको ठेकदार कान्छाराम कन्स्ट्रक्सन कम्पनीको प्रतिनिधी तथा स्थानीय बासिन्दाको उपस्थितिमा भएको छलफलबाट निम्न वमोजिम शर्तहरुमा सहमति भइ सडक निर्माण कार्यलाई तिव्रता दिन सहमति सहित मुचुल्का खडा गरिएको थियो । छलफल पछि कान्छाराम कन्स्ट्रक्सनका निर्देशक दिपक थिङर ईन्जिनियर विमलेश यादवले ५ सुत्रीय सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

आन्दोलनरत स्थानीय प्रतिनिधिहरूले निर्माण कार्यलाई सहज वातावरण तयार गर्दै तिब्रताका साथ अघि बढाउन सहमति जनाएका छन्। स्थानीय बासिन्दाको तर्फका तर्फबाट पथरी शनिश्चरे ९ का वडा अध्यक्ष वीरबहादुर राई, बाबुराम दाहाल, पर्शुराम कार्की , सुरेन्द्र चापागाई , मदन उप्रेती, सुमन वनेमले सहमति पत्रमा हस्ताक्षर गरेको वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले बताउनुभयो।

सहमति पत्र अनुसार ठेकदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनले पथरी शनिश्चरे नगरपालिका क्षेत्रको मनमोहन गान्धी मार्गको खल्डा तत्काल फिलिङ गर्नुपर्ने, सडक कालोपत्रे निर्माणको लागि सडकलाई सुख्खा राख्नु पर्ने अवस्थामा नहुन्जेल सम्म निर्माणाधिन सडकबाट सवारी साधन आवतजावत गर्दा धुलो नउड्ने गरी निर्माण कन्स्ट्रक्सनले सडकमा पानी लगाउनु पर्ने , पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको खण्डमा तत्काल ड्रेन निर्माण गर्न निर्माण कम्पनीले सुरु गरी सम्पन्न गर्नुपर्ने, निर्माणाधिन सडक क्षेत्रमा रहेको विद्युत पोलहरु स्थान्तरण कार्य तत्काल सुरुगरी २०८१ पौष मसान्त सम्ममा सडक कालोपत्रे निर्माण कार्य निर्माण कम्पनीले सम्पन्न गरिसक्नु पर्नेछ भने सडक क्षेत्रका रहेका विद्युत पोल स्थानन्तरण गर्ने कार्य तथा ड्रेन र कल्भर्ट निर्माण कार्यमा सडक किनाराका बासिन्दाबाट कुनै समस्या उत्पन्न भएमा स्थानीय वासिन्दाबाट आवश्यक सहजिकरण गर्ने शर्त र सहमति भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here