खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंद्धारा खोटाङका बिद्यार्थीलाई पोशाक बितरण

0
8

झापा ।

खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले बिद्यालयमा शैक्षिक सुधार गर्ने उदेश्यले बिद्यार्थीलाई पोशाक बितरण गरेको छ ।

समाजले हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० स्थित बिजुलेमा रहेको हिम गंगा आधारभूत बिद्यालयमा अध्ययनरत ४० जना बिद्यार्थीलाई पोशाक बितरण गरेको हो । बिद्यालयमा अध्ययनरत बालबालिकाका लागि समाजले जेठ ११ गते बिद्यालयमै पुगेर ट्रयाक्कसुट बितरण गरेको समाजका सचिव कृष्णप्रसाद पुरीले जानकारी दिए ।

समाजका अध्यक्ष सरोज पुरी (भीम) को अध्यक्षतामा भएको पोशाक बितरण कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० का अध्यक्ष अर्जुन पुरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिद्यालयकी शिक्षिका बिष्णुकुमारी अधिकारीले गरेको कार्यक्रमको सञ्चालन बिद्यालयकी प्रधानाध्यापक रामकला राईले गरेकी थिइन् ।

पोशाक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा वडाध्यक्ष अर्जुन पुरी, समाजका सचिव कृष्णप्रसाद पुरी, कोषाध्यक्ष टंक पुरी (प्रकाश), अभिभावकका तर्फबाट खिला पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बाल कक्षादेखि कक्षा ५ सम्म अध्यापन हुने उक्त बिद्यालयमा ४० जना बिद्यार्थी र ६ जना शिक्षक शिक्षिका रहेका छन् । आफ्नो जन्मथलोमा सञ्चालन भइरहेको बिद्यालयलाई शैक्षिक रुपमा विकास गर्दै संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत समाजले यस बर्ष पोशाक वितरण गरेको र आगामी दिनमा पनि सकेको सहयोग गर्दै जाने समाजका अध्यक्ष सरोज पुरी (भीम) बताएका छन् ।

कार्यक्रममा समाजका सल्लाहकार मोतीराम पुरी, तीलबहादुर पुरी, सदस्य नविन पुरी, पुष्पलाल पुरी, सुभद्रा पुरी, दीपक पुरी, गंगाबहादुर पुरी, कृष्णबहादुर पुरी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर पुरीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here