भोजपुरको बतासे मूलाबारीमा चिया प्रशोधन कारखाना

0
8

टक्सार (भोजपुर),

भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ बतासे मूलाबारीमा चिया कारखानाको स्थापना गरिएको छ । जिल्लामा चिया खेतीको व्यावसायिक उत्पादन सुरू भएपछि कारखाना स्थापना गरिएको र त्यसबाट तयारी अर्थोडक्स चियाका विभिन्न ब्राण्ड र प्याकेजहरू उत्पादन गरिने थामडाँडा–टेम्के–सिलिचुङ कृषि सहकारी लिमिटेडका अध्यक्ष गणेश राईले जानकारी दिनुभययो ।

इलाम र झापामा मात्र चिया खेती हुन्छ भन्ने भर्मलाई चिदै जिल्लामा व्यावसायिक चिया खेती सुरू भएपछि त्यसको व्यवसायिकरणका कारखाना उपयोगी हुने उहाँको भनाइ छ । “जिल्लाका अधिकांश क्षेत्रहरुमा अहिले व्यावसायिक चिया खेती सुरू भएको छ अहिले हाम्रो संस्थाले नै भोजपुर र खोटाङ जिल्लाका १५ वटा बगानमा दुई हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिरहेको छ । त्यसबाट व्यवसायिक उत्पादन, ब्राण्डिङ् र प्याकेजिङ् गर्न कारखाना स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो । हाल जिल्लाको बतासे, पामाखाम, भस्मेचौर, देवनटार, नागथान बगानबाट प्रतिदिन पाँच सय केजी हरियो चिया टिप्ने काम भइरहेको अध्यक्ष राईले बताउनुभयो । कारखाना स्थापनासँगै प्रशोधन कार्यको पनि औपचारिक थालनी गरिएकाले चिया उत्पादक कृषकलाई थप उत्साह थपेको उहाँले बताउनुभयो ।

सहकारीका सचिव रामकुमार राईले उद्योग स्थापनापछि स्थानीयस्तरमा थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको बताउनुभयो । “हाल कारखानाबाट ग्रीन टी, ब्लाक टी, येल्लो टी, व्हाइट टी, रेड टी जस्ता चियाका उत्पादन सुरू गरेका छौँ । व्यावसायिक खेती र उद्योगको स्थापनासँगै स्थानीयले रोजगारीको अवसर पाएका छन्”, उहाँले भनाइ थियो ।

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बतासे मूलाबारीमा चिया कारखानाको स्थापना भएसँगै चिया खेतीमा भोजपुर पनि परिचित हुने धारणा राख्नुभयो । राईले भन्नुभयो, “भोजपुरको खुला खर्क, चउर, डाँडाकाँडा, खेतवारीमा व्यावसायिक चियाखेती विस्तार भएको छ, यसले दुर्गम ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्ने कार्यमा पनि सहयोग गर्छ ।”

सहकारीले विश्व प्रकृति संरक्षण अभियन्ता पिके शेर्पालाई संस्थाका तर्फबाट विश्व चियादूतको उपाधि प्रदान गरेको छ ।

यस्तै टेम्केमैयुङ गाउँपालिकामा पनि विगत १२ वर्षदेखि गरस चिया उद्योग सञ्चालनमा छ । यो उद्योगले राष्ट्रिय चिया तथा कफी खेती बोर्डबाट ट्रेडमार्क पाइसकेको छ । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चउर, डाँडाकाँडामा व्यावसायिक चियाखेती विस्तार गरी दुर्गम ग्रामिण भेगका कृषकहरुको जिवनस्तर उकास्ने लक्ष्यका साथ चिया खेती विस्तार कार्यक्रमसमेत सुरू गरिएको छ ।

आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले सिंगो गाउँपालिकाको आर्थिक उन्नति र पर्यटन प्रवदर््धनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका सार्वजनिक जग्गामा गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत चिया खेती विस्तार गरिएको बताउनुभयो । “खेर गइरहेका सार्वजनिक खुला खर्क, चउरी डाँडामा चिया लगाएर व्यावसायिक रुपमा सिङ्गो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन जस्ता क्षेत्रमा बहुआयामिक बनाउने तयारीका साथ खेती विस्तार गरिएको छ”, अध्यक्ष राईले भन्नुभयो,“यसले गाउँपालिकाभित्रै रोजगारी सिर्जनाका साथै सुन्दरता थप्न र पर्यटन विकासमा समेत टेवा पु¥याउने छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here