दोस्रो चरणको टिपिडी तालिम

0
6

अर्जुनधारा ।

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा शाखाको आयोजनामा शिक्षक पेशागत विकास दोस्रो चरणको टिपिडि तालिम शुरु भएको छ ।

आधारभूत तह कक्षा १ र ५ का अध्यापनरत् २३ जना स्थायी शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रमा आधारित १० दिने प्रमाणीकरण तालिम सञ्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीले बताए ।

शिक्षकहरुको वृत्ति विकाससँगै आधुनिक प्रविधिहरु नविनता ज्ञान सिपहरु प्रयोगले कक्षा शिक्षण सिकाइमा दक्षता बढाउने गुणस्तरीय शिक्षा प्रदान गरी असल नागरिक उत्पादन गर्न सक्षम बनाउने भन्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले सहभागी सम्पूर्ण शिक्षकहरुलाई शुभकामना एवम् आयोजक शिक्षा शाखालाई धन्यवाद व्यक्त गरेका थिए ।

पछिल्लो समय सामुदायिक विद्यालयहरुमा अध्ययन गर्न आउने विद्यार्थीहरुको चाप बढ्दै गएको र सरकारले शिक्षक पेसागत विकास तालिम तथा अन्य भौतिक एवम् शिक्षकहरुका लागि अन्य तालिम प्रदान गर्दै आएकोमा नगरभित्रै नमूना विद्यालयको रूपमा देखापर्न थालेकोमा खुशी व्यक्त गर्दै अतिथिहरु नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर अध्यक्ष चन्द्र खत्री सचिव टंक न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर अध्यक्ष केदार पोख्रेल, नेपाल शिक्षक संघ नगर अध्यक्ष सुजाता शिवाकोटी, एन्टोका रुद्र खतिवडा, नगर कर्मचारी परिषद अध्यक्ष रुद्र पौडेलले शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी १० दिनसम्म शिताके सुनसरीका सहजकर्ता सुपेनचन्द्रसिंह राजवंशी, रेवन्तबहादुर बस्नेत, मानबहादुर देवकोटा, सोममणि कोइराला लगायत रहने बताइएको छ । नगरको आ.व. २०८०÷०८१ बजेट अनुसार नगरको आर्थिक व्यवस्थापन र शिक्षा तालिम केन्द्र सुनसरीको प्रशिक्षण सहजीकरण रहेको शिक्षा अधिकृत सुनिता भट्टराईले बताइन् । कार्यक्रमको सहजीकरण प्राविधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here