बुट्टाबारीमा माइन्यूट लेखन तालिम

0
6

बिर्तामोड ।

झापाको बिर्तामोड ६ स्थित बुट्टाबारीमा दुई दिने माइन्यूट लेखन तालिम शुरु भएको छ ।

बिर्तामोड–६ वडा कार्यालयको आर्थिक सहयोग तथा महिला मुक्ति अभियान झापाको आयोजनामा आज (शुक्रवार) देखि २ दिने तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले गरेका छन् । ५० जना महिलाहरुको सहभागी रहेको माइन्यूट लेखन तालिमको सहजीकरण वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओलीले गरिरहेकी छिन् ।

तालिममा वडाका २५ वटा टोल समितिका महिलाहरु सहभागी छन् । तालिमको उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष कन्दङ्वाले वडाका महिलाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासका लागि वडाले तालिमका लागि आर्थिक सहयोग गरेको बताए । उनले सहभागीहरुलाई सिक्ने कुरालाई उमेरले नछेक्ने बताउँदै तालिममा सिकेको सीपलाई ब्यहारमा उतार्न आग्रहसमेत गरे ।

महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्वाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत पूर्व सचिव बिनिता तामाले गरेकी थिइन् । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वा, सामाजिक ब्यक्तित्व चन्द्रकला कन्दङ्वा, वडा सदस्य गिता शर्मा रेम्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन अभियान झापाकी सह–सचिव अनिता पुरीले गरेकी थिइन् । २०५९ सालमा स्थापना भएको उक्त अभियानले महिलाहरुको हकहित तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको अध्यक्ष सुब्बाले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here