अनारमनीमा सुविधासम्पन्न महशुल केन्द्र

0
3

झापा,
महशुल संकलन केन्द्रमा ग्राहकहरुका लागि तातो र चिसोपानी पिउने व्यवस्था,पंखा, मोबाइल चार्ज, टेलिभिजन, वाइफाई लगायतका सुविधा उपलव्ध गराइएको उनले जानकारी दिए । टोकन प्रणालीको व्यवस्था रहेको अनारमनी वितरण केन्द्रको महशुल केन्द्रमा पाँच वटा काउन्टर रहेका छन् । महशुल केन्द्रकोउद्घाटन गर्दै प्राधिकरणका कोशी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख झाले ग्राहकलाई सेवा प्रवाहमा सहजता दिनु नै सेवा प्रदायक निकायको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
अनारमनी वितरण केन्द्रका प्रमुख शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक कार्यालयका लेखा प्रमुख महादेव भट्टराई, भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाई, अनारमनी वितरण केन्द्रका आय प्रमुख गणेश पौडेल, कर्मचारी युनियनका दुर्गाप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अनारमनी वितरण केन्द्रअन्तर्गत करिब ९६ हजार ग्राहक रहेका छन् । त्यसमध्ये ५५ प्रतिशतले अनलाइन र ४५ प्रतिशतलेमहशुल केन्द्रमा आईमहशुल भुक्तानी गर्ने गरेका छन् । तर, ठूलो रकम महशुल केन्द्रमै आएर बुझाउने गरेको वितरण केन्द्रले जनाएको छ । कुल महशुलको ६५ प्रतिशत काउन्टरबाट र ३५ प्रतिशत अनलाइनबाट संकलन हुने गरेको छ । लेखा अधिकृत विकास दाहालले स्वागत मनतव्य राखेको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख प्रकाश विकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here