रतुवा खोलाले बोलेरो जीप बगाँउदा दुई जनाको मृत्यु

0
5

झापा ।

दमक–चिसापानी–रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुलीमा रतुवा खोलाले बोलेरो जीप बगाँउदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा इलामको माङसेवुङ–५ कि सर्मिला फागो र माङसेवुङ–३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङ छन् ।

निरुको भने घाइते अवस्थामा उद्वार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जवेगूले बताए ।

इलामको लारुम्बादेखि दमकका लागि छुटेको लु १ ९४९१ नम्बरको बुलेरो सोमबार साँझ करिब छ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो ।

बोलेरोमा सवारमध्ये तीन जना खोलाबाट पौडेर बाहिर निस्केको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here