गाजाका बाँकी बन्धकहरू को हुन् ?

0
7

पेरिस,

हमासका लडाकूहरूले इजराइलमाथि आक्रमण गरी दुई सय ५१ मानिसलाई बन्धक बनाएको आठ महिनापछि गाजामा अझै पनि एक सय २० जनालाई राखिएको छ । यद्यपि कति मानिस अझै जीवित छन् भन्ने स्पष्ट छैन ।

‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न प्यालेस्टिनी क्षेत्रमा ल्याउँदा मूल दुई सय ५१ मध्ये केही पहिला नै मरिसकेका थिए । अहिलेसम्म एक सय १२ बन्धकलाई जीवितै रिहा गरिएको छ ।

इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो ।

इजराइली सेनाले हमास लडाकू सम्झेर मारेका तीन बन्धकसहित १९ मृत बन्धकको शवलाई इजराइलले फिर्ता गरेको छ ।

इजराइली सेनाका अनुसार गाजामा अझै पनि अन्य ४१ बन्धक मारिएका छन् । तीमध्ये अक्टोबर ७ को आक्रमणमा मारिएका २५ मानिस संलग्न छन् । उनीहरूको शवलाई ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न गाजा पट्टी लगिएको थियो ।

यसले गाजामा अझै पनि ७९ बन्धक जीवित रहेको हुनसक्ने देखिन्छ । ती मध्ये ७२ इजराइली, छ थाई नागरिक र एक नेपाली रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here