उर्लाबारीमा निर्माणाधीन घरको छतबाट खसेर मजदुरको मृत्यु

0
3

पथरीशनिश्चरे ,

मोरङको उर्लाबारी -२ मा एक निर्माणाधीन घरको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

उर्लाबारी–२ का जेनिस लिम्बूको निर्धाणाधीन घरको दोस्रो तलाको छतबाट खसेर उर्लाबारी -२ का ४८ वर्षे सनीकुमार बुधबार श्रेष्ठको मृत्यु भएको हो । उनी लिम्बूको घर निर्माणमा खटिएका कामदार हुन् ।

घर निर्माणमा प्रयोग गरिएका पुराना काठ झार्ने क्रममा आज बिहान छतबाट खसेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरतर्फ पठाईएको थियो ।

विराटनगरको आर्या न्युरो अस्पताल पुर्‍याउनसाथ चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here