गितकार बिटु केसीको नयाँ गजल सार्वजनिक

0
140

काठमाडौं।

चर्चित गायक तथा संगितकार राज सागरको स्वरमा गितकार बिटु केसीको नयाँ गजल अस्ति बिहिवार यूटुब मार्फत सार्वजनिक गरिएको छ।

” तिमी छौ त्यसैले यो जीवन खास लाग्छ …” प्रेमील बोलको सुमधुर गजलको संगित सृजना राज सागरले नै गरेका हुन् ।

गितकार केसीले आफ्नो श्रीमान तारा बरालको जन्म दिनको अवसर पारेर यो गजल सार्वजनिक गरेको जानकारी गराइएको छ । संगितकार राज सागरलाई गजलका शब्दहरुले मन छोएपछि उनले आफ्नै अग्रसरतामा यसमा संगित भरेका थिए ।

डिल्लीबजार स्थित भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको यो गजलको म्युजिक एरेन्जर उदयराज पौडेल हुन् । गजलको मिक्सीङ, मास्टरिङ र रेकर्डिस्ट दिप घटानी हुन् । यस अघि गितकार बिटु केसीका सातवटा गीत र गजलहरु बजारमा आइसकेका छ्न् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here