माईमा दुई दिने लेखा तथा नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण

0
14

इलाम ।

नवबिहानी स्वाबलम्वन समुह माईको आयोजना तथा माई नगरपालिका र कोशी प्रदेश सरकारकोआर्थिक सहयोगमा दुईदिने लेखा ब्यबस्थापन तथा नेतृत्व विकास सम्बन्धी तालिम आईतवार सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रम स्वावलम्बन समुह माईका अध्यक्ष यदुनाथ दुलालको अध्यक्षता, माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको प्रमुख आथित्यता एवम अतिथीहरु महिला बालबालिका शाखा माई प्रमुख वन्दना लुइटेल, संचारकर्मी हरिअसिम लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

लेखा ब्यबस्थापन तालिम सहजकर्ता नविन कुमार पौड्यालले र अपा‌‌‌ङ्गता अधिकार, नेतृत्व विकास सम्बन्धी तालिम सहजकर्ता विमल कुमार दहालले प्रदान गर्नुभएको थियो ।

स्वावलम्वन समुहका सचिव महेन्द्र थापाको सन्चालन रहेको समापन कार्यक्रममा प्रमुख अतिथी हिमा भण्डरी , अतिथहरु बन्दना लुईटेल, सहजकर्ता विमल दहाल सहभागीहरु मोहन राई, माया लिम्बू लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा माईका सबै वडाबाट प्रतिनिधित्व रहने गरी २२ जना अपा‌ङ्गता भएका ब्याक्ति र संरक्षक गरी २२ जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here