कर्मयोग भवनको लागि सहयोगको लागि आह्वान

0
11

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिका वडा नं ४ मा कर्मयोग भवन निर्माण भइरहेको छ । बिर्तामोडमै पहिलो पटक वडा नम्बर ४ स्थित मेघाबारी टोलमा कर्मयोग भवन निर्माण भइरहेको हो ।

प्रदेश सरकारबाट विनियोजित २५ लाख रुपैयाँ मध्येबाट इलाम गजुरमुखी निर्माण सेवाले पहिलो तलाको ढलान र इटामात्र जडान गर्ने गरी भ्याटसहित १७ लाख १९ हजार ७६४ रुपयाँमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले ढलानको काम सम्पन्न गरेको छ भने इटा जोड्न बाँकी रहेको छ ।

प्लास्टर, भुई, बिजुली, पानी, झ्यालढोकाको काम सम्झौतामा नभएको कम्पनीले जनाएको छ । भुई तलाको बाँकी काम सम्पन्न गर्न दाताहरुलाई सहयोगका लागि समितिले आह्वान गरेको छ ।

तीन तला डिजाइन रहेको भवनको बाँकी काम सम्पन्न गर्न प्रदेश तथा सङ्घीय सरकारसँग थप बजेट माग गरिएको कर्मयोग भवन निर्माण समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिइन् ।

बिर्तामोडमा बहुसंख्यक मानिस कोठा भाडामा बस्ने गरेको र आफन्तको मृत्यु हुँदा काजकिरिया गर्न भाडाको घरमा समस्या हुने गरेकाले कर्मयोग भवन निर्माण गर्ने योजना अघि सारिएको शिवाकोटीले जानकारी दिइन् ।

सिद्धिविनायक भजन कीर्तन मण्डलीले गत वर्ष आयोजना गरेको पुराणबाट संकलित रकम र दाताहरुबाट उठेको सहयोग रकमबाट कर्मयोग भवनका लागि सवा सोह्र धुर र बहुद्देश्यीय सामुदायिक भवनका लागि साढे तेह्र धुर जग्गा खरिद गरिएको मण्डलीकी अध्यक्ष गितादेवि भण्डारी पोखरेलले जानकारी दिइन् । सिद्धिविनायक भजन कीर्तन मण्डलीले निर्माणका लागि अगुवाई गरेपनि कर्मयोग भवनको स्वामित्व ग्रहणका लागि सबैलाई उनले आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here