पथरीशनिश्चरे–१ द्वारा रत्नहरित बोटानिकल गार्डेनमा वृक्षरोपण

0
8

पथरीशनिश्चरे ।

मोरङको पथरी शनिश्चरे वडा नं.१ कार्यालयको आयोजनामा रत्नहरित बोटानिकल गार्डेनमा वृक्षरोपण भएको छ ।

यलम्बर, रत्न चोक, बुद्धचोक र पथरी बहुमुखी क्याम्पस बिचको खाली रत्नहरित बोटानिकल गार्डेनमा वृक्षरोपण भएको हो । वन तथा वातावरण संरक्षणमा सघाउ पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताउनुभयो ।

आँप, लिची, मसला, शिरीष लगायत विभिन्न प्रजातिका पाँच सय विरुवा रोपिएको वडा अध्यक्ष भीमकुमार राईले बताउनुभयो । नजिकै यलम्बर चोक र रत्न चोक रहेको सो खाली जग्गामा रत्नहरित बोटानिकल गार्डेन नामले नगरको आकर्षक पर्यटक स्थल निर्माण गर्नुपर्ने आवाजहरु उठीरहेको छ ।

कार्यक्रममा पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापकहरु, स्ववियु सभापति केशर राईको नेतृत्वमा विद्यार्थीहरु, सुनाखरी मावि विद्यालय सञ्चालक समिति अध्यक्ष प्रदिपकुमार राई, शान्ति सामुदायिक वन समितिको अध्यक्ष कुलमणी गुरुङ लगायत टोली, विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो। त्यस्तै, वडा सदस्यहरु सुरेश कार्की, बसन्ती गुरुङ, वडाका कर्मचारीहरु समेत लागेर आइतबार र सोमबार विरुवा रोपिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here