विपदमा परेकाको समयमै उद्धार गर्न माग

0
6

काठमाडौँ,

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्ने नसकिएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले) का सचिव समेत रहनुभएका सांसद भट्टराईले विगत केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एकैपरिवारका चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । पहिरो परी सो गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बूको परिवारका चार जनाको निधन भएको थियो ।

पहिरोबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराउनुभयो । “हामीले विपद् प्राधिकरण बनाएका छौँ । पर्याप्त साधन स्रोतको अभावले समयमै उद्धार गर्ने सकिएको छैन् । अब प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका पहाडी र हिमाली क्षेत्रमा एकीकृत बस्ती विकासमा जानुपर्छ”, उहाँले भन्नुभयो ।

यसैगरी सांसद लीला बोखिमले पनि ताप्लेजुङको फक्ताङलुङ–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । घट्नामा ठूलो जनधनको क्षतिका साथै पहिरोले सडक अवरुद्ध भएकाले आपत्कालीन अवस्थामा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । “काठको पुल भत्किएको छ । पशुचौपाया मरेका छन् । बाटो अवरुद्ध छ । तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गर्दछु”, उहाँले भन्नुभयो ।

सांसद विजुला रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–७ का ३१ वर्षीय बाबुराम घर्तीको पाल्पामा जनसेवा गर्दागर्दै करेन्ट लागेर निधन भएको घटनापति दुःख व्यक्त गर्नुभयो । उहाँले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

सेवामूलक कामका सिलसिलामा निधन भएकाका परिवारलाई स्पष्ट नीति बनाएर क्षतिपूर्ति दिनसमेत उहाँले माग गर्नुभयो । सांसद रायमाझीले महिला सुरक्षाबारे गम्भिर बन्न सरकारसँग माग गर्नभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here