महिला मुक्ति अभियान झापाद्वारा ममबत्ति बनाउने तालिम

0
7

बिर्तामोड ।

महिलाहरुलाई सिप सिकाएर आर्थिक रुपमा अब्बल बनाउने उद्धेश्यले महिला मुक्ति अभियान झापाले दुई दिने ममबत्ति बनाउने तालिम सम्पन्न गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर–५ को आर्थिक सहयोगमा वडामा रहेका ४० जना महिलालाई दुई दिन सम्म मम बत्ति बनाउने तालिम प्रदान गरिएको महलिा मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले जानकारी दिइन् ।

जेठ ३१ र ३२ गते सम्म सञ्चालन भएको कार्यक्रममा ५ नम्बर वडाका विभिन्न स्थाानबाट महिलाहरुको सक्रिय सहभागिताा रहेको थियो । महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा वडा सदस्यहरु दुर्गा शिवाकोटी, मालति विक,बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवम् महिला मुक्ति अभियानका सल्लाहकार मेघराज बाँस्तोला, महिला उद्यमी संघकी अध्यक्ष सुस्मा पौडेल, लाइन्स क्लवकी अध्यक्षा निरु ओली, छठ महिलाकी संस्थापक अध्यक्ष हेमलता चौधरी, देवी माविका विद्यालय व्यवस्थापक समितिका अध्यक्ष आशिष वन, वडा नम्बर–५ की स्वास्थ्यकर्मी निर्मला नेपाल लगायतको आतिथ्य रहेको थियो ।

दुई दिन सम्म सञ्चालन भएको तालिममा रविना अधिकारीले सहजिकरण गरेकी थिइन् । तालिमले आफुहरुलाई सीप सिक्न प्रेरित गरेको सहभागिहरुले बताएका थिए । सहभागिहरुले महिला मुक्ति अभियानले सिप मुलक तालिम प्रदान गरेर स्वरोजगार तर्फ प्रेरित गरेको भन्दै प्रशंसा गरेका थिए ।

संस्थाकी उपाध्यक्ष अनिता पुरीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश पूर्वसचिव विनिता तामाङले पारेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव देवका भट्टराईले गरेकी थिइन् । कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here