महिला नौमति बाजा प्रशिक्षण समापन र जेष्ठ नागरिक दूव्यर्वहार विरूद्ध दिवस

0
27

विमल दहाल, इलाम ।

नमुना सामुदायिक वन उपभोक्ता समूह माई २ र ४ र लोदिया प्रहरी चौकी दानाबारीको संयुक्त आयोजनामा नौमति बाजा प्रशिक्षण समापन र जेष्ठ नागरिक दूव्यर्वहार विरूद्ध दिवस माई-४ को नमुना सभाहलमा सम्पन्न भएको छ ।

पछिल्लो समयमा हराउदै गरेको मौलिक नौमति बाजा संरक्षण गर्ने उद्देश्यका साथ नमुना सामुदायिक वनले आयोजना गरेको एक महिने नमुना महिला नौमति बाजा प्रशिक्षण शनिवार एक कार्यक्रमका विच समापन गरिएको हो ।

सामुदायिक वन समुहको नीजि लगानीमा सञ्चालित तालिममा १४ महिला सहित १६ जनाले नौमति बाजा बजाएर आफ्नो सिप प्रर्दशन गर्नुभएको थियो । आयोजक वन समुहका अध्यक्ष केशब दहाल (कोवित)का अनुसार मौलिक परम्परा र संस्कृतिको संरक्षणका लागि नौमति बाजा सम्बन्धि तालिम प्रदान गरेका छौ, सबैको सहयोगमा यसलाई निरन्तरता दिनु आवश्यक छ ।

यस्तै लोदिया प्रहरी चौकी दानाबारीको समुदाय -प्रहरी साझेदारी कार्यक्रम र नमुना सामुदायिक वन समुहको संयुक्त आयोजनामा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध अन्तराष्ट्रिय दिवस (१५ जुन) नौमति बाजा सहित शुक्रबारे बजार परिक्रमा गरि मनाईएको छ ।

कार्यक्रममा जेष्ठ नागरिक सहित जनप्रतिनिधि, नमुना सामुदायिक वन समुहका पदाधिकार र सदस्य, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि, सव डिभिजन वन कार्यालय सुखानीका प्रतिनिधि, संघसंस्था तथा सामुदायिक वनका प्रतिनिधि, शिक्षक, पत्रकार लगायत दुईसय जना भन्दा बढीको सहभागिता रहेको थियो।

बजार परिक्रमा पछि सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका वडा नं-४ का वडाध्यक्ष हेम बहादुर लायो मगर, अतिथिहरु प्रहरी बरिष्ठ नायब निरीक्षक कैलाश केसी, कार्यपालिका सदस्य दल वहादुर शंकर, कन्काई माविका प्रधानाध्यापक हरि प्रसाद पौड्याल, समाजसेवीहरु गौरीमाया काफ्ले, मोहन नेम्बाङ, महिला नौमति बाजा समिति की अध्यक्ष इन्दिरा नेम्बाङ लगायतले मन्तव्य राख्नु भएको थियो। नमुना सामुदायिक वन समुहका अध्यक्ष केशब दहाल(कोवित)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष लक्ष्मण आले र सन्चालन सचिव धन वहादुर कार्कीले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here