मजदुरका बच्चालाई पोशाक सहयोग

0
56

सुरुङ्गा।

कन्काई माविमा अध्ययनरत मजदुर परिवारका २ बच्चालाई सर्ट प्यान्ट तथा हाउस ड्रेस सहयोग गरिएको छ ।

शिक्षक अभिभावक सङ्घ (पीटीए) र आमा समूहको विशेष पहलमा उनीहरूलाई सो कपडा वितरण गरिएको हो । विद्यालयको प्राथमिक ब्लकमा आयोजित कार्यक्रममा कनकाई नगरपालिका-३ का अति विपन्न परिवारका दाजुभाइ कक्षा २ मा अध्ययनरत देव खडका र कक्षा ४ मा अध्ययनरत दुर्गा खडकालाई कपडा प्रदान गरिएको थियोे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं, पूर्व शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम, पीटीए अध्यक्ष रमेश शेर्पा, सदस्यहरू खगमाया चापागाई, रामकुमार घिमिरे, राजन पराजुली, निर्मला भट्टराई र मिना खतिवडा तथा आमा समूहका सचिव मञ्जु खडका र सदस्य मिना अधिकारी लगायतले उक्त पोशाक वितरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्राथमिक तह ईञ्जार्च खेमराज भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here