पछिल्लो वर्ष द्वन्द्वमा मारिएका मानिसहरुको सङ्ख्या बढ्यो : राष्ट्रसंघ

0
7

जेनेभा,

सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा युद्धरत दलहरूले बढ्दो रूपमा “स्वीकार्य र कानुनी सीमा भन्दा बाहिर धकेलि रहेको बताउनु भयो ।

उनीहरूले एक अर्का प्रति पूर्ण तिरस्कार देखाई मानव अधिकारलाई कुल्चिरहेको बताउदै उहाँले नागरिकको हत्या घाइते र पूर्वाधारको विनाश हुनु दैनिक घटना भएको जनाउनु भयो ।

उहाँका अनुसार द्धन्द्धको समयमा बालबालीकालाई गोली हानियो,अस्पतालहरूमा बम प्रहार गरियो,समुदायहरूमा भारी तोपखानाहरू सुरु गर्नुका साथैै घृणित, विभाजनकारी र अमानवीय कार्य गरिए ।
संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुखले आफ्नो कार्यालयले गत वर्ष “सशस्त्र द्वन्द्वमा नागरिक मृत्युको सङ्ख्या ७२ प्रतिशतले बढेको जनाउने तथ्याङ्क सङ्कलन गरेको बताउनु भयो ।

भयावह स्वरूपको तथ्याङ्ले सन् २०२४ मा मारिने महिलाको अनुपात अघिल्लो वर्षको तुलनामा दोब्बर र बालबालिकाको अनुपात तीन गुणा भएको सङ्केत गर्ने उहाँले बताउनु भयो ।
गाजा पट्टीमा, तुर्कले “द्वन्द्वका पक्षहरूद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानूनको अवहेलना“ र “असहनीय मृत्यु र पीडा“ बाट स्तब्ध भएको बताउनु भयो ।

अक्टोबर –७ मा इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्धमा “गाजामा एक हजार दुई सय भन्दा बढी मानिसहरू, मारिए भने कर्यौँ घाइते भए । इजरायलले मे महिनाको सुरुमा रफाहमा आफ्नो कारबाही बढाएपछि, लगभग दस लाख प्यालेस्टिनीहरू फेरि जबरजस्ती विस्थापित भएका छन् ।

कोष घटेको उल्लेख गर्दै –तुर्कले युक्रेन, कङ्गो लोकतान्त्रिक गणतन्त्र र सिरियासहित अन्य द्वन्द्वहरूको दायरालाई पनि औंल्याउनु भयो । उहाँले सुडानमा, एक वर्षभन्दा लामो गृहयुद्धको चपेटामा लडाकु दल र सम्बद्ध समूहहरूद्वारा नष्ट भइरहेकाले आफ्नै जनताको अधिकारलाई कुल्चियको बताउनु भयो ।

यस्तो विनाशले खाँचोमा परेका मानिसहरूको बढ्दो सङ्ख्यालाई सहयोग गर्न कोष घट्दै गइरहेको अवस्थामा थप समस्या आउने उहाँले उल्लेख गर्नु भयो । सन् २९२४ मे को अन्त्यसम्म, मानवीय कोष आवश्यकताहरू र उपलब्ध स्रोतहरू बिचको अन्तर ४०.८ अर्ब डलर रहेको टर्कले जानकारी दिनु भयो ।
उहाँका अनुसार अपिलहरू औसत १६.१ प्रतिशतमा मात्र वित्त पोषित छन ।

यसको तुलना सन् २०२३ मा विश्वव्यापी सैन्य खर्च लगभग २.५ ट्रिलियन डलर भएकोमा २०२२ बाट वास्तविक सर्तमा ६.८ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै टर्कले २००९ पछि यो सबैभन्दा तीव्र वार्षिक वृद्धि भएको उल्लेख गर्नु भयो ।

युद्धले असहनीय मानवीय पीडा दिनुका साथै ठुलो मूल्य चुकाउने उहाँले चेतावनी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here