लागूऔषध विरुद्ध सचेतना

0
5

बिर्तामोड ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्क क्षेत्रमा लागूऔषध विरुद्ध सचेतना मुलक कार्यक्रम शुरु गरिएको छ ।

पछिल्लो समय झापाका विभिन्न स्थानसंगै नयाँ बसपार्क क्षेत्रमा बढ्दो लागूऔषध प्रयोगकर्तालाई घटाउन अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कले सचेतना अभियान शुरु गरेको हो ।

नयाँ बसपार्क क्षेत्रका अगुवाहरुसंग अन्तरक्रिया गर्दै लागूऔषध विरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको छ । अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कका इन्चार्ज प्रहरी सहायक निरीक्षक पदमबहादुर बिष्टले लागूऔषधको प्रयोग र यसको असर तथा यसबाट बच्ने तरिका, साईबर अपराध लगायतका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमम स्थानीयबासी, समाज सेवी, होटल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here