भद्रपुर–बिर्तामोड सडक खण्डमा १० वटा बिजुलीका पोल ढले

0
4

भद्रपुर ।

बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेल सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ ।

अविरल वर्षाको कारण सो सडक खण्डमा गाडिएको बिजुलीको १० वटा पोल ढलेको हो ।

एउटा पोल सोही स्थानका नारायण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको, अर्को पोल सोही स्थानका कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टिएर अड्केको र ८ वटा सोही स्थानका कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त पोलमा जडित बिर्तामोड नगरपालिकाबाट प्राप्त ५ ओटा सीसी क्यामेरा समेत पोल ढलेर खराब भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here