बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

0
12

विराटनगर।

सुनसरीको इटहरीस्थित आफन्तकोमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरका एक व्यवसायी भेडेटारबाट पक्राउ परेका छन् ।

मोरङ विराटनगर महानगरपालिका ११ का प्रवीण अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई ललाइ फकाइ इटहरीबाट भेडेटार पुर्याएर जबरजस्ती बलात्कार गरेको आरोपमा ५१ वर्षीय अग्रवाल पक्राउ परेका हुन ।

अग्रवाललाई धनकुटाको सागुरीगढी गाउँपालिका –६ भेडेटारस्थित मकालु होटेलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक जीवन कार्कीले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका अग्रवाललाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी भनाइ छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको नायव निरीक्षक कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here