जिल्ला वन अधिकृतद्वारा माईमा वेण्ड स उद्घाटन

0
5

विमल दहाल, माई ।

कोशी प्रदेश सरकारको साझेदारीमा निर्माण भएको वेण्ड स (काठ मिल) डिभिजन वन कार्यालय इलामका प्रमुख दान वहादुर श्रेष्ठले मंगलवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।

माई-२ को नमस्ते चौक नजिक निर्माण सम्पन्न वेण्ड-स कोशी प्रदेश सरकारको ४ लाख ७४ हजार रुपैयाँ र बाँकी नमुना सामुदायिक वन समुहको लागत साँझेदारी गरि कुल दशलाख रुपैयाँको लागतमा सम्पन्न भई सञ्चालनमा आएको नमुना सामुदायिक वन उपभोक्ता समुह माई-२ र ४ का अध्यक्ष केशब दाहाल (कोवित)ले जानकारी दिनुभयो ।

नमुना सामुदायिक वन समुह माई-२ र ४ ले नौमति बाजा र स्वस्तिक जप गर्दै सामुदायिक काठ मिल सञ्चालनमा ल्याएको हो । सामुदायिक वनका उपभोक्ता र अन्य गैर उपभोक्तालाई बनबाट उत्पादित गोलिया काठ चिरानमा सहजताका लागि सामुदायिक वेण्ड-स सञ्चालनमा ल्याईएको नमुना सामुदायिक वन समुहका अध्यक्ष दहालले जानकारी दिनुभयो ।

नमुना सामुदायि बन समुहका अध्यक्ष केशब दहालको अध्यक्षता र डिभिजन बन कार्यालय इलामका प्रमुख दान बहादुर श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न वेण्ड स उद्घाटन कार्यक्रममा सव डिभिजन वन कार्यालय सुखानीका प्रमुख मनिषा कार्की, इन्जिनियर इन्द्रलाल खतिवडा, जमदार गणेश नेपाल, बन रक्षक इश्वरी घिमिरे, कार्यालयका मन्जित राई, सामुदायिक वन उपभोक्ता महासंघका माई नगर अध्यक्ष देबी नेपाल, बन, वातावरण शाखा प्रमुख ग्यानेन्द्र रेग्मी, सुखानी सामुदायिक बन समुहका अध्यक्ष मंगलसिं लिम्बु, कल्पतरु सामुदायिक बन समुहका अध्यक्ष चन्द्रमणि पौड्याल अनुष्ठान वाचक पंन्डित टेकनाथ भट्टराई, बन समुहका उपभोक्ता, समाजसेवी, बौद्धिक ब्याक्ति, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि सहित अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रमको सन्चालन सचिव धन वहादुर कार्कीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here