रतुवा खोलाले बगाउँदा एक ब्यक्तिको मृत्यु

0
6

झापा ।

झापाको दमकस्थित रतुवा खोलामा एक पुरुषको शव भेटिएको छ ।

बिहीबार बिहान करिब ८ बजेको समयमा दमक नगरपालिका–७ स्थित रतुवा पुल छेउमा शवमा फेला परेको हो ।

मृत्यु हुनेमा दमक नगरपालिका–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम बिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खोलाले बगाएर ल्याएको उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here