आइटी सम्बन्धी तालिम

0
9

बुट्टाबारी ।

अर्जुनधारा नगरपालिकाभित्रका आधारभूत तथा माध्यमिक विद्यालयका आइटी स्रोत शिक्षकहरुका लागि सञ्चालित सूचना प्रविधि सम्बन्धी पाँच दिने क्षमता विकास तालिम शुरु भएको छ ।

असार ८ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा आधारभूत तह र माध्यमिक तह एवम् धार्मिक विद्यालय गरी ३३ विद्यालयका स्रोत शिक्षकहरु सहभागी रहेको शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख उपसचिव तोयानाथ रेग्मीले बताए ।

विद्यालयको कक्षा कोठादेखि प्रशासनसम्म प्रविधिको प्रयोग गर्नुपर्ने र अबको शिक्षा बालबालिकाहरुले पनि इन्टरनेट मार्फत विभिन्न उदाहरण र कक्षा अन्तर्गत पाठयक्रम पाठ्यपुस्तक नै मोबाइल र ल्यापटपमा नै हेर्न सक्ने भएकाले शिक्षकहरु पनि प्रविधिको ज्ञान र प्रयोग गर्न सक्ने हुन जरुरी रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका शाखा अधिकृत भोलानाथ दाहालले बताए ।

उनले प्रत्येक वर्ष नगरले आइटी सम्बन्धी नयाँ–नयाँ प्रविधि आइरहने हुँदा समय अनुसार शिक्षकहरु अद्यावधिक गर्दै लानु र जानुपने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दाहालले बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, सचिव टंक न्यौपाने, शिक्षक संघ–संगठनहरुबाट केदारनाथ पोख्रेल, सुजाता शिवाकोटी, रुद्र खतिवडा लगायतले पूर्ण तालिम लिइ विद्यार्थीलाई शिक्षण गर्न र आफ्नो दैनिक जीवनमा उपयोग गर्न सुझाव दिएका छन् । तालिमको सहजकर्ताहरु शिक्षक कपिलदेव तिम्सिना र लोकनाथ ढकाल रहेका छन् ।

अर्जुनधारा शिक्षा शाखाका शिक्षा अधिकृत सुनिता भट्टराईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको शाखाकी प्राविधिक सहायक समिरा दाहालले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here