जलवायु परिवर्तन सम्बन्धी कार्यशाला

0
7

चन्द्रकान्त ढकाल,
बिर्तामोड ।

जलवायु परिवर्तन र प्रेस विषयक प्रकृति संरक्षण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

मेची–महाकाली मिडिया सोसाइटी तथा कानून परामर्श तथा अनुसन्धान केन्द्र काठमाडौं आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा २१औं शताब्दीमा जलवायु परिवर्तन र प्रेस विषयक प्रकृति संरक्षण कोषको सभाहलमा एक दिने कार्यशाला सम्पन्न भएको हो ।

मेची–महाकाली मिडिया सोसाइटीका अध्यक्ष माधव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओली र वातावरणविद् अर्जुन ढकालले कार्यपत्र तथा जलवायु परिवर्तन र खाद्य अधिकार सम्बन्धी कार्यपत्र डा. भेषराज अधिकारीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वातावरण सचेतना सम्बन्धी पत्रकारिता गर्ने पत्रकार हेमन्त पौडेल, वैधनाथ झा, डिपी शर्मा, दुर्गा भण्डारी र किशोर कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्या भण्डारीले दोसल्ला ओडाएर सम्मान गरेकी थिइन् ।

संघीय सभासद मानबहादुर गुरुङ, विशेष अतिथि रहेको कार्यक्रम तीन वटा सेसनमा सञ्चालन भएको थियो । पहिलो सेसनका अध्यक्ष माधव शर्मा, दोस्रो सेसनका अध्यक्ष दुर्गा भण्डारी र तेस्रो सेसनका अध्यक्ष किशोर कार्कीले गरेका थिए । कार्यक्रममा निर्मला शर्मा, बद्री विनोद प्रतिक, मानबहादुर गुरुङ, किरण पौडेलले आफ्ना धारणा राखेका थिए ।

पूर्व राष्ट्रपति भण्डारीले सबै नेपालीले आ–आफ्नो पेशामा रहेर सही ढंगले कर्तव्य निर्वाह गरे देशको उन्नती–प्रगति हुन समय नलाग्ने बताइन् । डा. नरेश सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन दिपेन्द्र श्रेष्ठले गरेका थिए । मेचीदेखि महाकालीसम्मका दुई सयभन्दा बढी पत्रकार, वातावरणविद् र सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here