पथरीशनिश्चरे -८ द्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

0
13

पथरीशनिश्चरे,

माेरङ्गकाे पथरी शनिश्चरे वडा नं. ८ ले मिलन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

बिहीबार विद्यालय पोशाक स्वरुप १/ १ थान ट्रयाकसुट निःशुल्क वितरण गरेको हो । नयाँ डेक्सबेन्च, बाल उद्यानका पिङ, चिप्लेटी, चाकलचुकुल तथा खेलौनाका सामाग्रीहरु, शैक्षिक सामाग्रीहरु, मादल, गितार, पिटी ड्रम लगायत संगीत कक्षाका सामाग्रीहरु, साना नानीहरूलाई सुत्ने डसना, सिरानी, झुल लगायतका सामाग्रीहरु, वर्षभरि पुग्ने विभिन्न कार्यक्रममा पुरस्कार दिन पुग्ने कापी कलम, डस्टबीन लगायत ४ लाख बराबरको आवश्यक विभिन्न शैक्षिक सामाग्रीहरु विद्यालयलाई वितरण गरिएको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । यस्तै, विद्यालयमा शैक्षिक सत्र २०८० मा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरी सबैलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष कार्कीले वडा कार्यालय वडाभित्र रहेका सबै सामुदायिक विद्यालयको रुपान्तरणमा लागेको र त्यसमा समुदायका सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताएका छन् । प्रमुख अतिथि समेत रहनु भएका नगर-प्रमुख मोहन प्रसाद तुम्वापोले वडा नं. ८ ले सामुदायिक विद्यालय निर्माणमा देखाएको चासो र चिन्ताको बिषयमा वडा अध्यक्ष कार्की सहित वडाका अन्य जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here