ड्रेन सफा गर्दै पानीको निकास निकाल्ने वडाध्यक्षहरुको प्रतिवद्धता

0
33

झापा । विशाल मार्केट र प्रसाई मार्केटमा रहेका व्यवसायीहरुको पसलमा पानी पसेर पु¥याएको क्षति प्रति बिर्तामोड उद्योग वाणिज्य संघले दुःख ब्यक्ति गर्दै त्यसको दिर्गकालीन निकासका लागि पहल थालेको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी र घर धनीबीच संयुक्त बैठक राखेर समस्याको निकास निकाल्न पहल थालेको हो । संयुक्त बिर्तामोड नगरपालिका वडा नम्वर ४ र ५ का वडाध्यक्षहरु समेत सहभागी थिए ।
बिर्तामोड वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रासईको प्रमुख आतिथ्यमा भएको वैठकमा पानीले निकास नपाउँदा पसलमा पानी पसेर क्षति पु¥याएको निष्कर्ष निकालिएको थियो । ड्रेन जाम भएकाले पानीको निकास नहुँदा पसलहरुमा पानी पसेर क्षति पु¥याएको भन्दै व्यवसायीले आवाज उठाएपछि बिर्तामोड नगरपाालिकाको सहयाोगमा ड्रन सफा गरिने प्रतिवद्धता जनप्रतिनिधिले जनाएका छन् । वडा नम्वर ४ का वडाध्यक्ष राहुल शर्मा र वडा नम्वर ५ का वडाअध्यक्ष प्रसाईले नाला सफा गर्दै पानीको निकास निकाल्न भोलिबाटै शुरु गरिने बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको बैठकको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए ।
पानीको निकास नहुँदा विशाल मार्केट र प्रसाईं मार्केटमा रहेका पसलमा पानी पसेर क्षति पु¥याएको थियो । पानीले २५ वटा बढी पसलमा राखिएका सामग्रीमा भिजाएर नष्ट गरेको हो । जसका कराण व्यवसायीले लाखौं रुपैयाँको क्षति व्यहोर्नु परेको बाणिज्य संघको निष्कर्ष छ ।
पसलमा पानी पसेपछि हरेक व्यवसायीहरुले ५० हजारदेखि माथिको क्षति व्यहोर्नु परेको बताएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here