बिर्तामोडमा चलचित्र पत्रकारिता तालिम सम्पन्न

0
41

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

चलचित्र पत्रकारितामा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापाको बिर्तामोडमा एक दिवसीय चलचित्र पत्रकारिता तालिम सम्पन्न भएको छ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश प्रबर्धक रहेको तालिमको आयोजना चलचित्र पत्रकार संघ नेपाल झपा शाखाले गरेको हो।
चलचित्र पत्रकार संघ झापाका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा भएको कार्यक्रम उदघाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले क्यामाराले फोटो खिचेर गरेकी थिइन्।

संघ झापा सदस्य सुनिता तामाङले सहभागीलाई स्वागत गरेको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी र संघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार शान्ति प्रियाले सहजीकरण गरेका थिए। प्रशिक्षक बरिष्ठ पत्रकार शान्ति प्रियले चलचित्र पत्रकारिताको इतिहास, विकासक्रम, वर्तमान अवस्था र यसका चुनौती, रंगकला तथा चलचित्रको विकासमा मिडियाको भूमिकालगायत विषयमा जानकारी गराएका थिए भने अध्यक्ष बलामीले मूलधारको पत्रकारितामा विधागत पत्रकारिता, चलचित्र पत्रकारिताका बदलिदाआयामहरु, चलचित्र पत्रकारिताका आयामका प्राविधिक पक्ष र नकारात्मक प्रभाव, फिल्म समिक्षा लेखन सिप तथा शैली, समाचारमा गसिप, ग्लामरगायतको महत्वसम्बन्धि प्रशिक्षण प्रदान गरेका थिए।

उनीहरुले देशभर आवश्यकताअनुसार हाल संघका १६ वटा शाखा गठन भइसकेको र झापामा उदेेेश्यअनुसार शाखा गठन भई छोटो समयमै महत्ववपूर्ण कार्यक्रमको आयोजना गरिएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन समेत गरेका गरे।

प्रमुख अतिथि नगरप्रमुख प्रसाईले चलचित्रमा समाजको यथार्थ चित्रण गरिनुुुकोसाथै र सामज रुपान्तरणको सन्देश रहने भएकाले चलचित्र क्षेत्रको प्रबर्द्धनमा सहयोग पुग्ने झापाका पत्रकारमा सक्रियता बढाउने यसप्रकारको कार्यक्रम आयोजना हुनु प्रशंनीय भएको भन्दै नगरपालिकाको सहयोग रहने बताइन्।

झापाका विभिन्न सञ्चार माध्यममा कार्यरत ३८ जना पत्रकारहरुको सहभागिता रहेको तालिम उदघाटन कार्यक्रममा चलचित्रकर्मी संघ केन्द्रीय सदस्य मिजास पोखरेल, चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, पत्रकार सुव्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कञ्चनजंघा एफएम सञ्चारकर्मी सविना र पत्रकार तिलक योञ्जनले सहभागीको तर्फबाट तालिम सञ्चारकर्मीको चलचित्र विधागत पत्रकारितामा दक्षता बृद्धिमा उपयोगी तथा सफल रहेको प्रतिक्रिया दिएका थिए। तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन सह-सचिव सुरथ प्रधानले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here