बिर्तामोडबाट पोस्तोलसहित एक जना पक्राउ

0
152

बिर्तामोड ।

झापाको बिर्तामोडबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–७ स्थित फक्तालुङ(सिरान) टोलका ३० वर्षीय सुरेश पराजुली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरमा आफ्नै भाउजुसंग झै–झगडा तथा विवाद गरिरहेको अवस्थामा पुगेको प्रहरी टोलीले घरमा खानतलासी गर्दा अवैध रुपमा लुकाई राखेको बिडसहितको १० इञ्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको हो ।

घरमा लुकाई राखेको अवस्थामा अवैध हतियार फेला परेसंगै पराजुलीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here